जेठ ०२, २०८१, बुधबार
               

सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला बनिन् सांसद

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

निलम्बित सांसद सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला सांसद बनेकी छिन् । 

निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको सिफारिसअनुरूप खस–आर्य समूहको रिक्त भएको सरिता गिरीको स्थानमा सोही समूहको २ नम्बरमा नाम रहेकी लीलादेवी सिटौलालाई निर्वाचित घोषणा गरेको हो । 

सरिता गिरीले देशको भूअखण्डतासँग सम्बन्धित निसान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्विप उल्लंघन गरेका कारण पार्टीले कारबाही गरेको थियो । 

अब प्रतिनिधिसभाको सभामुखले नवनिर्वाचित सांसद सिटौलालाई शपथग्रहण गराउनेछन् ।


कस्तो लाग्यो ?

यो पनि