जेठ ०४, २०८१, शुक्रबार
               

इतिहासमा न्यायालय र न्यायमूर्तिको निन्दा, विरोध र भत्सर्ना कहिल्यै भएको थिएन  : राप्रपा अध्यक्ष थापा

नेपाल फ्ल्यास
साउन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समकालीन नेपाली इतिहासमा अहिलेजस्तो न्यायालय र न्यायमूर्तिहरूको निन्दा, विरोध र भत्सर्ना कहिल्यै नभएको टिप्पणी गरेका छन् । शनिबार एक ट्विट गर्दै थापाले यस्तो बताएका हुन् । 

उनले सो ट्विटमा भनेका छन्, ‘समकालीन नेपाली इतिहासमा अहिले जस्तो न्यायालय र न्यायमूर्तिहरूको निन्दा,विरोध,भत्सर्ना कहिल्यै भएको थिएन । न्याय मरेको आभाष भएको छ।दलगत भागवण्डामा न्यायाधीशको नियुक्ति,भ्रष्ट प्रवृत्ति र दण्डहीनताको परिणाम हो यो । यो समग्र राजनीतिक प्रणालीकै कमजोरी हो । बाटो गलत छ।समयमै सच्याउने साहस गरौँ ।’

सर्वस्वसहित जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाया कटौती भएपछि सो फैसलालाई लिएर असन्तुष्टि बाहिर आइरहेका बेला  थपाले सो ट्विट सार्वजनिक गरेका हुन् । 

पत्नी हत्याको आरोपमा कैद भुक्तान गरिरहेका कोइरालालाई सर्वोच्च अदालतले कैद सजायमा राहत दिएसँगै फैसला सुनाउने न्यायाधीशलाई महाभियोग लगाउन माग शुक्रबार  भएको थियो । 

केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले रञ्जन कोइरालाको कैद कटौतीको फैसला गरेको थियो ।  

सर्वोच्चले कैद भुक्तान कटौती गरेपछि रन्जन कोइराला शुक्रबार रिहा भएका छन् । उनी ८ वर्ष ६ महिना कैद सजाय पूरा गरी रिहा भएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि