जेठ ०४, २०८१, शुक्रबार
               

प्रचण्डको अभिव्यक्तिप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको आपत्ति

नेपाल फ्ल्यास
साउन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिप्रति प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले आपत्ति जनाएका छन् ।

भारतद्वारा अतिक्रमित भूमि समेटेर सार्वजनिक गरिएको नक्सालाई लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले निर्देशन दिएर मात्रै नयाँ नक्सा सार्वजनिक भएको अभिव्यक्ति दिएपछि थापाले सामाजिक सञ्जालमार्फत  आपत्ति जनाएका हुन् ।

 ‘यसरी दिउँसै रात पार्ने तथ्यहीन कुरा गर्नुको साटो बरु आफू प्रधानमन्त्री रहेको बेला पहिल्यै यो नक्सा यसैगरी प्रकाशित गरेर इतिहास रचेको भए हुँदैनथ्यो होला र?’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्देशन दिएको भरमा हुने यति सजिलो काम किन आफैंले किन नगरेको होला? ’ यसका अलवा उनले केन्द्रीय कमिटीले सरकारलाई नक्सा प्रकाशन गर्न निर्देशन दिएको कुरा पनि गलत भएको भन्दै बैठकको निर्णय नै सार्वजनिक गरेका छन् ।

नेकपाको आन्तरिक विवाद नटुंगिरहेका बेला दुई अध्यक्षबीच नक्साको विषयलाई लिएर अर्को लफडा चल्ने संकेत देखिएको छ ।

अध्यक्ष दाहालले गृहजिल्ला चितवन र शुक्रबार नेकपाका संस्थापक नेताहरुको स्मृति दिवसको कार्यक्रममा नक्सा प्रकाशनमा पार्टी भित्रै कसैलाई दलाल र कसैलाई राष्ट्रवादी भन्दै देवत्वकरण गरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक जेठ ७ मा सार्वजनिक गरेको थियो ।

यो पनि