काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ ।
नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले सोमबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
विश्वमा कोरोना महामारी फैलिँदै गइरहेका बेला नेपाल सरकारले चैत ११ देखि देशभर लकडाउन लगाएको थियो । करिब एक हप्ताका लागि सरकारले लगाएको लकडाउन पटक-पटक समय थप हुँदै लगभग चार महिना व्यतीत भएको छ ।
त्यसैगरी सोमबारै बसेको मन्त्रिपरिषद् बैठकले निजी सवारी साधानमा लगाउँदै आएको जोरबिजोर प्रणाली हटाउने निर्णय पनि गरेको छ । सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको बताइएको छ ।