मंसिर ०७, २०८१, शुक्रबार
               

‘विपी दूरदर्शी राजनेता’

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

काठमाडौैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला सानो देशका अग्लो व्यक्तित्व तथा दूरदर्शी राजनेता भएको बताएका छन् । जननेता विपीको ३८ औँ पुण्यतिथिका अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज जुम प्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा उनले विपीको प्रजातान्त्रिक समाजवाद विचार आज झनै सान्दर्भिक भएको बताउँदै भने, “नेपालले आज हिंँड्ने मूल बाटो विपीकै विचार र विश्वासको बाटो हो । उहाँको बाटो इमान्दार ढङ्गले पछ्याएर मात्रै हामी सबैले समृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ ।”

आज राष्ट्रियताका विषयमा मुलुकमा विशेष छलफल भइरहेका बेला विपीको विचार र विश्लेषणकै माध्यमबाट हामीले राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको भावनाका साथ समाधान पहिल्याउनुपर्ने सभापति देउवाको भनाइ थियो ।


कस्तो लाग्यो ?

यो पनि