जेठ ०३, २०८१, बिहीबार
               

नेकपालाई राप्रपा अध्यक्ष कमल थापाको सुझाव

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ नेकपाभित्रको विवाद नितान्त व्यक्तिगत र व्यक्ति परिवर्तनमा केन्द्रित रहेको बताएका छन् ।

नेकपामा पछिल्लो समय बढ्दै गएको विवादतर्फ संकेत गर्दै अध्यक्ष थापाले व्यक्ति परिवर्तनबाट अहिलेको समस्याको समधान नहुने बताएका छन् । 

शनिबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले ओलीलाई हटाएर अहिलेको समस्या समधान नहुने टिप्पणी गरेका छन् । तर उनले ओलीको नाम भने उल्लेख गरेका छैनन् ।

१२ बुँदै सम्झौताको मार्गचित्र अनुसार अगाडि बढ्दा अहिले समस्या आएको बताउँदै अध्यक्ष थापाले उक्त मार्गचित्र परिवर्तन गर्नुपर्ने तर्क गरेका छन् ।

साथै, जनादेशअनुसार पाँच वर्ष मिलेर काम गर्न उनले नेकपालाई सुझाव समेत दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि