जेठ ०४, २०८१, शुक्रबार
               

फेरि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । 

आज ११ बजे बोलाएर दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठक फेरि साउन ४ गते (आइतबार) सम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले साउन ४ गते दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए । 

नेकपाभित्रको विवाद बढ्दै गएको र सहमतिका लागि थप समय आवश्यक भएकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् । 

नेकपाका अधिकांश स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । 

यसैबीच, आजै ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो  । 

दुई अध्यक्षबीच केन्द्रीय समिति बैठक कहिले बोलाउने भन्ने विषयमा समेत छलफल भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि