जेठ ०४, २०८१, शुक्रबार
               

नेकपा स्थायी कमिटी बैठकको समय फेरि सर्‍यो

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केही घण्टाका लागि स्थगित भएको छ ।

शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । बैठक तीन बजेसम्मका लागि स्थगित गरिएको एक नेताले जानकारी दिए ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि बैठकको समय सारिएको हो ।

ओली-प्रचण्डबीच छलफल

बैठकअघि दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ।

हिजो (बिहीबार) दुई अध्यक्षसँगै वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफलले समस्या समाधानको प्रयास गरे पनि बैठक निश्कर्षविहीन भएको थियो। 

बैठकमा प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा गर्न आग्रह गरेका थिए। अ‍ोलीले भने सरकार र पार्टी दुवैको नेतृत्त्व नछाड्ने अडान दाहोर्‍याएका थिए ।

प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि असार १६ गतेदेखि बैठक अवरोध हुँदै आएको छ । नेकपा स्थायी कमिटी बैठक असार १० गतेदेखि सुरू भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि