जेठ ०९, २०८१, बुधबार
               

यस्तै पाराले चलाउने हो भने विज्ञ अर्थमन्त्री किन चाहियो ?– झाँक्री

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. खतिवडाले मुलुकको अर्थतन्त्र सही ढंगले अघि बढाउन नसकेको टिप्पणी गरेकी छन् । उनले अर्थतन्त्रका विज्ञ अर्थमन्त्री हुँदा आफूहरु विगतमा खुशी भए पनि तेस्रो बजेट ल्याउँदासम्म निराशा मात्र हात लागेको बताइन् ।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा उनले कार्यशैली परम्परागत नै देखिएको र केही दशमलवमा हुने परिवर्तनलाई मात्र अर्थ मन्त्रालयले प्रगति मानेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रश्न गरिन्, ‘यस्तै तरिकाले अर्थतन्त्र चलाउने हो भने विज्ञ अर्थमन्त्री किन चाहियो ?

काम नगर्ने सरकारलाई यस वर्ष प्रकृतिले बाहना बनाउने मौका दिएको भन्दै सांसद झाँक्रीले व्यंङ्ग्यसमेत गरिन् । अहिले त काम नगर्नेलाई कोरोना महामारीको कारण देखाउन सजिलो भएको उनको भनाइ छ ।

बजेट अनुशासनमा कुनै सुधार हुन सकेको, ठेक्का व्यवस्थापनका समस्या समेत सरकारले सुधार गर्न नसकेको सांसद झाँक्रीले उल्लेख गरिन् । अर्थतन्त्रका उपलब्धि जनताको जीवनस्तर र भान्सामा देखिनु पर्ने भन्दै उनले केही दशमलवमा हुने तलमाथिले अर्थतन्त्रको सफलताको मापन गर्न नहुने बताइन् ।


कस्तो लाग्यो ?

यो पनि