जेठ ०९, २०८१, बुधबार
               

अनर्गल प्रचारबाजीले समस्याको जालो झन् कठिन गाँठो बन्न सक्छ : ज्ञानेन्द्र शाह

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द शाहले धार्मिक वा साँस्कृतिक पात्र वा स्थानका आफ्नै महत्व र विश्वास हुने बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भानुजयन्तीको अवसरमा राम जन्मेको स्थान भारतमा नभई नेपालमा भएको बताएपछि सोलाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विरोध भइरहेका बेला बुधबार एक ट्विट गर्दै शाहले यस्तो बताएका हुन् ।  

सो ट्विटमा उनले भनेका छन्, ‘धार्मिक वा साँस्कृतिक पात्र वा स्थानका आफ्नै महत्व र विश्वास हुन्छन्। सयौं वर्ष लागेर बनेका यस्ता विश्वास र महत्वलाई खल्बल्याउनु किमार्थ उचित हुन्न। चित्त नबुझेका कुराहरू कूटनीतिक पहलबाट सुल्झाउनुपर्छ। अनर्गल प्रचारबाजीले समस्याको जालो झन् कठिन गाँठो बन्न सक्छ।’

यो पनि