जेठ ०९, २०८१, बुधबार
               

घरेलु श्रमको मूल्य तोकेर राष्ट्रिय आयमा गणना गर्न सरकारलाई निर्देशन

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । संसदको महिला बालबालिका तथा जेष्ठ नागरिक समितिले घरेलु श्रमको मूल्य मापन गरी राष्ट्रिय आयमा महिलाको योगदान गणना एवं कुल ग्रार्हस्थ उत्पादनमा गणना गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । 

बुधबार बसेको समितिको बैठकले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग र केन्द्रीय तथ्यांक विभागलाई यस्तो निर्देशन दिएको हो ।

सो समितिको निर्देशनमा भनिएको छ, ‘परम्परागत सामाजिक एवं साँस्कृतिक अभ्यासले गर्दा घरेलु श्रमको मूल्यांकन भइनरहेको अवस्था छ । जनसंख्याको आधा हिस्सा ओगट्ने महिला, जसमध्ये अधिकांश घरेलु काममा व्यस्त हुनुहुन्छ, उहाँहरुको श्रमको मूल्यको गणना नगरिनु न्यायसंगत छैन ।’

यो पनि