जेठ ०८, २०८१, मंगलबार
               

ओली र प्रचण्डको ‘वान टु वान’सकियो, तर गाँठो फुकेन

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ । ६ दिनको संवादहिनतापछि बुधबार भएको ‘वान टु वान’ वार्ता पनि विनानिश्कर्ष सकिएको छ ।

छलफलसमेत उपलब्धिमूलक नभएको बालुवाटार स्रोतको दाबी छ । प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र  पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन दबाब दिँदै आएका छन् । ओलीलले भने दुबै पद नछाड्ने अडान लिएका छन् । ओली आफ्नो अडानबाट टसमस नभएपछि पछिल्ला केही दिनयता कुनै उक मात्र पद भए पनि छाड्नुपर्ने अडानमा प्रचण्ड र नेपाल पक्ष रहेको बताईन्छ । प्रधानमन्त्रीको यही अडानले कुरा नमिलेको प्रचण्ड पक्षको दाबी छ ।  

पार्टीभित्र आन्तरिक विवाद चर्किदै जाँदा शुक्रबारका लागि बोलाइएको स्थायी समिति बैठक साउन २ गतेसम्म सरेको छ । स्थायी समिति बैठक स्थगित भएपछि प्रचण्ड शनिबार चितवन गएका थिए ।

सोमबार काठमाडौं फर्किएपछि प्रचण्ड भेट र छलफलमा सक्रिय छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गर्नुअघि प्रचण्डले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । प्रचण्डले चितवनबाट फर्किएपछि सोमबार समेत वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए । मंगलबार बिहान भने उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेर प्रचण्ड बालुवाटार पुगेका थिए । 


कस्तो लाग्यो ?

यो पनि