जेठ ०९, २०८१, बुधबार
               

पाँच दिनयता अध्यक्षद्वयको संवाद विच्छेद

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

सत्तारुढ नेकपा विभाजनको संघारबाट तत्काल बचेको भनिए पनि पँच दिनयता अध्यक्षद्वयबीच संवाद भएको छैन । 

पार्टीभित्रको आन्तिरक विवादकै कारण जारी स्थायी समिति बैठक साउन २ गतेसम्मका लागि सारिएको छ । 

पार्टीभित्रको  विवाद मिलाउनका लागि पटकपटक स्थायी कमिटी बैठक रोकेर सहमति खोज्ने प्रयास गरे पनि दुई अध्यक्षबीच वार्तासमेत हुन सकिरहेको छैन ।

तर, पनि सो समितिमा  बैठक बस्छ कि बस्दैन कुनै ग्यारेन्टी नभएको स्थायी कमिटीका सदस्यहरु बताउँछन् ।

असार १९ देखि स्थायी कमिटी स्थगित गरेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच पटकपटक वार्ता भए । सहमित हुन नसकेपछि पार्टी अध्यक्ष प्रचण्ड गृहजिल्ला चितवन पुगेका छन् । 

गत २६ असारको स्थायी कमिटी बैठक सल्लाहमा रोकेर वार्ता र छलफलमा केन्द्रित गर्ने भनिए पनि प्रचण्ड बाढीपीडितको अवस्था अध्ययन गर्न गृह जिल्ला चितवन गएर सोमबार मात्रै फर्किएका छन् ।

‘स्थायी कमिटीपछि प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच छलफलसमेत भएको छैन, दुई अध्यक्षको बैठक कहिले बस्छ केही टुगो लागिसेको छैन, ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने । नेकपा अध्यक्ष प्रचण्ड चितवन गएकाले बीचमा वार्ता नभएको उनले बताए ।

पार्टीभित्र देखिएका विवादबारेमा दुई अध्यक्षबीच एकमुष्ठ सहमति खोज्ने भन्दै  बैठक एक साता सारिएको हो । अहिलेसम्म दुई अध्यक्षबीच छलफल हुन नसकेका कारण फेरि घोषित मितिमा बैठक बस्नेमा आशंका बढेको छ ।

देशभर आएको बाढीपहिरोको कारण देखाउँदै बैठक स्थगित गरिएको हो । तर, पनि नेकपाका अधिकांश स्थायी कमिटी सदस्य काठमाडौंमै छन् । बाढीपहिरोबाट पीडितको उद्धार तथा राहतमा खटिन नेकपा केन्द्रीय कार्यालयले नेता तथा कार्यकर्तालाई निर्देशन दिएको थियो । पार्टीका शीर्ष नेतामध्ये प्रचण्ड  आफ्नो चुनावी क्षेत्र चितवन गएर फर्किएका छन् ।  अरु नेता भने काठमाडौंमै छन् ।


कस्तो लाग्यो ?

यो पनि