जेठ ०९, २०८१, बुधबार
               

बाँकेको कोहलपुर नगरपालिकाले गर्‍यो कर्णाली प्रदेशमा मिसिने निर्णय

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको छ । 

कोहलपुर नगरपालिकाको हालै सम्पन्न नगरसभाले सर्वसम्मत रुपमा कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको हो । 

कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले नगरपालिकालाई बुटवल वा दाङ टाढा र अपायक  भएकाले कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको बताए । 

‘कर्णालीमा मिसिँदा यहाँका आदिवासी, जनजातिलगायत पिछडिएको वर्ग र समुदायले सुविधा र अवसर धेरै पाउने भएकाले नगरसभाबाट सर्वसम्मत रुपमा कर्णालीमा मिसिने निर्णय गरिएको हो, उनले भने, ‘नगरपालिकाका झन्डै एक लाख जनताको पहिल्यैदेखिको कर्णालीमा मिसिने माग थियो ।’

यसका अलवा उनले नगरसभाको बैठकबाट सर्वसम्मत निर्णय गरेको बताए । 

‘कोहलपुरको आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक सम्बन्ध प्रदेश ५सँग भन्दा कर्णालीको सुर्खेतसँग धेरै नजिक र मिल्ने हुँदा यतै मिसिने निर्णय गरेका हौँ,’ उनले भने । 

यो पनि