जेठ ०९, २०८१, बुधबार
               

हतार गरेर कुनै गतिविधि नगर्न दाहालको कार्यकर्तालाई निर्देशन

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुम्न नदिने बताएका छन् । 

केही दिनदेखि चलेको पार्टीको आन्तिरक विवादले निकास पाउन नसकिरहेकाबेला गृहजिल्ला पुगेका दाहालले शनिबार यस्तो बताएका हुन् । 

गृहजिल्ला पुगेका उनी कार्यक्रम र भेटघाटमा सक्रिय भएका छन् । यसै क्रममा उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई ऐक्यबद्ध बनाउनका लागि जनताले साथ दिएको भन्दै जनताको विश्वास गुम्न दिदैनाैँ ।’

साथै, उनले पार्टी एकताबद्ध बनाउँदै समाजवादको बाटोमा हिँड्नका लागि जनताले विश्वासका साथ मत दिएका बताए । 

 ‘कहीँ कसैले चुक्नु हुँदैन । हतारमा निर्णय गरेर भोलि पछुताउने समय नआओस् भन्ने नै हो,’ अध्यक्ष दाहालले भने ।

पार्टी दुर्घटनामा नजाओस् र देश दुर्घटनामा नजाओस् भन्नका लागि पार्टीभित्रको विवाद मिलाउन लागिपरेको बताए । 

उनले कुनै न कुनै समझदारी र सहमतिमा देश र जनतालाई अघि राखेर काम गरे समस्याको हल निस्किने बताए । 

‘प्रधानमन्त्रीको चाहना पनि सहमति र समझदारी गरेरै अघि बढ्ने रहेको छ,’  उनले भने  ।

तर, उनले कार्यकर्ताहरुलाई  हतार गरेर कुनै खालका गतिविधि नगर्न निर्देशन दिएका छन् । 

कार्यकताहरु एकताको पक्षमा दृढ भएर उभिने समय आएको उहाँको भनाइ थियो ।

सो अवसरमा उहाँले कोरोनासँगसँगै बाँच्न र हिँड्न सिक्नुपर्ने बताउनुभयो । यद्यपि सचेत भने हुनुपर्ने उहाँको भनाइ थियो । आफू निर्वाचित भएको माडी क्षेत्रमा अरूले गरेजस्तो सामान्य विकास निर्माणले नहुने भन्दै दीर्घकालीन महत्व राख्ने महत्वपूर्ण आयोजनाहरु अघि बढेको उहाँले बताए ।

त्यसैगरी, प्रचण्डले पार्टीमा देखिएको विवादमा समझदारीको संकेत देखिएको बताएका छन् ।

यसका अलवा उनले  हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु नपरोस् भन्नेमा आफूहरु  रहेको बताए ।

‘वाम वामबन्धन गरेका तत्कालीन दुई दलले पार्टी एकता गर्ने संकल्पका साथ साझा उम्मेदवार र घोषणापत्र बनाएर जनतामा गएको र त्यसलाई असाधारण विश्वास गरेर दुई तिहाई नजिक बहुमत दिएक हुन्,’ ‘पार्टीको एउटा अध्यक्ष र तपाईहरुको जनप्रतिनिधिको हैसियतले देश र पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्मिमसम्म धर्यतमापूवर्क पहल गर्ने विश्वास दिलाउँछु ।’

पछिल्लो समय नेकपामा प्रचण्डसँग माधवकुमार नेपाल, झलनाथ दनालसहितका नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पद छाड्न दबाब दिँदै आएका छन् । 

 ओलीले दुबै पद नछाड्ने बताउनेप्रति संकेत गर्दै उनले भने, ‘मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ ।’ तर, उनले  जतिसुकै अप्ठ्यारो भए पनि हल निक्लिन्छ भन्ने विश्वास आफूले लिएको बताए ।


कस्तो लाग्यो ?

यो पनि