मंसिर ०७, २०८१, शुक्रबार
               

उद्धार र राहतमा सहयोग गर्न देउवाको निर्देशन

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडौं । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएको भन्दै  नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै   कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका हुन् । 

‘अहिलेको संवेदनशील घडीमा प्रभावितको जीवन रक्षा, उद्धार र राहतलाई प्रभावकारी बनाउनका लागि छिटोभन्दा छिटो उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न कांग्रेस सरकारसँग आग्रह गर्छ,'  सो विज्ञप्तिमा भनिएको छ । 

यसका अलवा विज्ञप्तिमार्फत सभापति देउवाले प्रभावित क्षेत्रका कांग्रेस स्थानीय पार्टी निकाय तथा भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थालाई पीडित परिवारलाई तत्काल उद्धार र राहतमा आवश्यक सहयोग पुप्याउन निर्देशन दिएका छन् । 

केही दिनदेखि अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी कास्कीमा सातको मृत्यु र ११  घाइते, लमजुङमा तीनको मृत्यु र चार घाइते, सिन्धुपाल्चोकमा दुईको मृत्यु र २१ बेपत्ता तथा म्याग्दीमा ३२ जना बेपत्ता भएका छन् ।

यसैगरी कैयौँ नागरिक बासस्थानबाट विस्थापित भएको तथा कयाैँ स्थानमा बाढीपहिरोका कारण सडक यातायात अवरुद्ध भई नागरिकले कठिनाइ व्यहोर्नु परेको छ ।

यो पनि