बैशाख २३, २०८१, आइतबार
               

भारतीय मिडिया नहेर्ने मात्र हैन तिनका कार्यक्रममा पनि नजा‍‍औँ : गगन थापा

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतीय मिडियाहरुले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक समाचार प्रसारण गरेपछि भारतीय न्युज च्यानल बिहीबारदेखि नेपालमा प्रसारण बन्द गरिएको छ ।

भारतीय मिडियामा नेपाल र प्रधानमन्त्री ओलीबारे भ्रामक र कल्पित समाचार प्रशारण भएपछि अहिले यसको आलोचना भइरहेको छ । यसैबीच नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय सञ्चारमाध्यमहरुको कार्यक्रममा सहभागी हुन नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई जोडेर प्रसारण गरिएको विषयवस्तुले हामी सबैको अपमान गरेको बताएका छन् । उनले अब भारतीय मिडिया नेपालमा नहेर्ने मात्र हैन तिनका कार्यक्रममा भाग पनि नलिन भनेका छन् । उनले लेखेका छन्, ‘नेकपाको विवादमा चिनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ, प्रश्न गरौँ ।

‘नेकपाको विवादमा चिनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ, प्रश्न गरौँ । तर, यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा प्रधानमन्त्री ओलीलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ । त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ ।’ उनले लेखेका छन्,


कस्तो लाग्यो ?

यो पनि