जेठ ०७, २०८१, सोमबार
               

छोटो दूरीका सवारी साधन चल्न पाउने

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

कठमाडाैं ।  सूचना तथा सञ्चार मन्त्री युवराज खतिवडाले  छोटो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालन हुन पाउने बताएका छन् । 

मन्त्री खतिवडाले बिहीबार प्रेस ब्रिफिङका क्रममा यस्तो बताएका हुन् । 

तर,  खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर मात्र यातायात सञ्चालन दिइने बताए । 

उनका अनुसार  ती सवारी साधन काठमाडौंको हकमा उपत्यकाभित्र र बाहिरको हकमा जिल्लाभित्र मात्र चल्न पाउने पाउनेछन् ।  

मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताए ।

यसका अलवा उनले मन्त्रिपरिषद् बैठकले  उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने पनि निर्णय गरेको बताए । 

उनका अनुसार  चालकसहित ३ जना यात्रा गर्न पाइने छ भने एकै परिवारका भए ५ जनासमेत सवार हुन पाइनेछ । 


कस्तो लाग्यो ?

यो पनि