काठमाडाैं ।भारतीय सञ्चारमाध्यमले नेपालको विषयलाई लिएर लगातार भ्रामक समाचार सम्प्रेषण गरिरहेको अवस्थामा भारतका लागि नेपाली राजदूतले सटिक भनाइ सार्वजनिक गरेका छन् ।
भारतीय मिडियाले नेपाली अस्त्विमाथि नै प्रश्न चिन्ह खडा हुने गरी विभिन्न सामग्री प्रचार तथा प्रशारण गरिरहेको र सोबारे दूतावासले केही भूमिका नखेलेको भनी आलोचना भइरहेको अवस्थामा राजदूत आचार्यको भनाइ बिहीबार सार्वजनिक भएको हो ।
उनको ट्विटमा भनिएको छ, ‘‘बोल्नुपर्ने ठाउँमा बोल्ने हो, भन्नुपर्ने ठाउँमा भन्ने हो । त्यो बोलिएको छ, भनिएको छ ।’
कुनै सन्दर्भ उल्लेख नगरी ट्विटरमा राजदूत आचार्यले लेखेको सो सटिक भनाइलाई चिर्न सार्वजनिक गरिएको छ ।
आचार्यको यो ट्विटलाई सबैले भारतीय मिडियाकै सन्दर्भमा बुझेर प्रतिक्रिया जनाएका छन् ।
यसका अलवा राजदूतको भूमिका निर्वाह गर्न नसकेको भनी उनको आलोचना पनि हुन थालेको छ ।
बोल्नपर्ने ठाउँमा बोल्ने हो, भन्नपर्ने कुरा भन्ने हो। त्यो भएको छ। बोलिएको छ, भनिएको छ।
— Nilamber Acharya (@nilacharya) July 9, 2020