काठमाडौं । संघीय संसद सचिवालयले समाजवादी पार्टी (नवगठित जनता समाज पार्टी) की सांसद सरिता गिरी औपचारिक रुपमै प्रतिनिधिसभा सदस्य पदबाट हटेकी छिन् ।
बिहीबार संसदका महासचिव डा. भरतराज गौतमले बिहीबार एक सूचना प्रकाशित गरी उनी सांसद पदबाट हट्ने प्रक्रिया पुगेकाले सो पदबाट हटेको जानकारी दिएसँगै उनी औपचारिक रुपमै सो पदबाट हटेकी हुन् ।
समाजवादी (हाल जसपा)ले समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने गिरीले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै सांसद र पार्टी सदस्य दुवै पदबाट सरिता गिरीलाई निष्कासित गरेको थियो ।
समाजवादी पाटीले बुधबार संसद सचिवालयमा उनलाई निष्काशन गरेको सूचना पठाएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनबमोजिम आवश्यक प्रक्रिया पूरा गरेको देखिएकाले संविधानबमोजिम उनको पद रिक्त भएको सचिवालयले जनाएको छ ।