प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ ।
नेविसंघले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरी तत्काल मूल्य घटाउन माग गर्दै सो ज्ञापन पत्र बुझाएको छ ।
निगमले असार १६ गतेदेिख लागू गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।
नेविसंघ अध्यक्ष राजीव ढुंगाना नेतृत्वको टोलीले निगम पुगेर ज्ञापन पत्र बुझाएको हो ।
लकडाउनको अवधिमा तीन अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्नेवित्तिकै ५ रुपैयाँ बढाउनु गलत भएको सो ज्ञापनपत्रमा उल्लेख छ ।
नेविसंघले पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको करसमेत खारेज गर्न माग गरेको छ ।
नेपाल आयल निगमले नेविसंघले गराएको ध्यानाकर्षणलाई बेवास्था गरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।