काठमाडाैं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पदबाट निष्कासन गरिएकोबारे संसद सचिवालयलाई जानकारी गराएको छ।
यसअघि बसेको पार्टीको पदाधिकारी बैठकले पार्टी निर्देशन र संसदीय दलको ह्विप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टी सदस्य र सांसद दुवै पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
बुधबार समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सांसद राजेन्द्र श्रेष्ठ गिरीलाई सांसदबाट निष्कासन गरिएकोबारे पत्र लिएर सिंहदरबारस्थित सचिवालय पुगेका थिए ।
पार्टीले गिरीलाई सांसद पदबाट राजीनामा दिन लगाएसँगै गिरीले आफू अदालत जाने बताउँदै आएकी छिन् ।