जेठ ०३, २०८१, बिहीबार
               

'नेपालीबीच द्वन्द्व ल्याउनेभन्दा एकतामा सद्भाव राख्ने नै ठीक'

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले पछिल्लो समय चिनियाँ राजदूतको सक्रियताको बचाउ गरेका छन् ।

पूर्वएमालेमा रहँदा वरिष्ठ नेता माधवकुमार पक्ष रहेका, तर मन्त्री बनेपछि ओली निकटस्थ भएका भट्टराईले चिनियाँ राजदूत होउ यान्छीको संक्रिएताको बचाउ गरेका हुन् ।

मन्त्री भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि बुधबार सामाजिक सञ्जाल ट्विटरमा चारबुँदे स्ट्याटस लेख्दै उनको बचाउ गरेका हुन् । 

भारत र चीनको तुलना गर्दै उनले सो ट्विटमा उनले भारतले ’फुटाउ र राज गर’को नीति अख्तियार गरेको, तर  चीनले सहमति, एकता र सद्भावमा ध्यान दिएको उल्लेख गरेका छन् । 

भारतको नाम उल्लेख नगरिकन उनले उसले संविधान बनाउन नदिएको, हिमाल, पहाड र तराईका बीचमा अन्तर्विरोध चर्काएको आरोप लगाएका छन् । यसका अलवा उनले नेपालमाथि नाकाबन्दी लगाएको, पार्टीभित्रको अन्तर्विरोधमा घ्यू थपेको आरोपसमेत लगाएका छन् ।

त्यस्तै, चीनको नाम नलिई भट्टराईले चीनतर्फ संकेत गर्दै संविधान निर्माणमा सद्भाव राखेको, नेपालको समग्र एकताको प्रयत्न गरेको बताएका छन् । भारतले नाकाबन्दी लगाउँदा नेपालीलाई बाँच्न देऊ भनेको र दलहबीचको आन्तरिक एकता र नेपालको सम्मृद्धिप्रति सद्भाव राखेको उल्लेख गरेका छन् । उनले अन्तमा अरूको कुरा सुन्नु राम्रो हो भन्दै निर्णय गर्ने अधिकार आफूमा रहेको बताएका छन् ।

यस्ता छन् भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका चार बुँदा
१. संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संविधान निर्माणप्रति सद्भाव राख्नु ठिक ?
२. पहिलो र दोस्रो संविधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तर्विरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्भाव राख्नु ठिक ?

३. नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देऊ भन्नु ठिक ?

४. पार्टी–पार्टी र पार्टीभित्रको अन्तर्विरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबीचमा राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्भाव राख्नु ठिक ?

कुनै पनि विदेशी राजनीतिक तथा कूटनीतिक गतिविधिलाई यसै सन्दर्भबाट हेरियो भने सही हुन्छ । कसैको पनि कुरा सुन्नु राम्रो हो । मान्ने नमान्ने अधिकार हाम्रो हो ।


कस्तो लाग्यो ?

यो पनि