बैशाख २२, २०८१, शनिबार
               

नेविसंघद्वारा विरोध प्रदर्शन

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले चिनियाँ राजदूतावासअगाडि  विरोध प्रदर्शन गरेको छ । 

चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै  नेविसंघले विरोध गरेको हो । 

मंगलबार बिहान मात्रै चिनियाँ राजदूत यान्छीले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटघाट गरेकी छिन् । 

यसअघि उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गरेकी छिन् ।

जबजब नेकपा संकटमा पर्छ त्यतिखेर चिनियाँ  राजदूत सक्रिय हुने गरेकी छन् । यसका अलवा नेकपामा विवाद उत्पन्न हुँदा त्यसको निरुपणमा पनि उनको सक्रिय भूमिका रहेको भनी टिप्पणी गर्ने गरिएको छ । 

नेकपाका नेतासँग उनको पछिल्लो भेटलाई पनि यही चच्छुले हेरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि