कात्तिक ३०, २०८१, शुक्रबार
               

सरिता गिरी पार्टीबाट निस्कासित, साधारण सदस्य र सांसद पद नरहने

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

काठमाडौं । संघीय समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको छ ।

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार निर्णय भएको एक नेताले जानकारी दिए ।

आज (मंगलबार) बसेको समाजवादी पार्टी पदाधिकारी बैठकले (कार्यदलको सिफारिसका आधारमा) गिरीमाथि कारबाही स्वरुप यस्तो निर्णय गरेको हो । तीन सदस्यीय कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए ।

पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार, ‘नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिबारे समाजवादी पार्टीको निर्णय' संसदलाई जानकारी दिइनेछ । 

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले मानेकी थिइन् ।

संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन पार्टीको ह्विपविपरीत संसद्‌मा उपस्थित भएर उनले संशोधन प्रस्तावको विरोध गर्दै बाहिष्कार गरेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि