समाजवादी पार्टी नेतृ तथा सांसद सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।
समाजवादी पार्टीको कार्यदलले उनलाई कारबाहीका लागि सिफारिस गरेको हो । कार्यदलले गरेको सिफारिसअनुसार पार्टीले निर्णय गरेमा उनी सांसद पदबाट हट्न् छिन् ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले नेपालको दाबी नपुग्ने भन्ने आशयको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
जुन पार्टीको भावनाविपरीत थियो । यसका अलवा पार्टीले उनलाई विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि सो दिन संसदमा अनुपस्थित भइन् ।
गिरीको सो कदमसँगै समाज पार्टीले गिरीका गतिविधिबारे छानबिन गर्न महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो ।