असोज ०६, २०८१, आइतबार
               

ओली-प्रचण्डबीचको छलफल सकियो, भोलि स्थायी कमिटी बैठक

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।

पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधान गर्न भन्दै दुई अध्यक्षबीच बालुवाटारमा आज (मंगलबार) वान टु वान वार्ता भएको थियो । दुई अध्यक्षबीच हिजो पनि डेढ घण्टा भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा गतिरोध अन्त्यका विषयमा दुई अध्यक्षबीच छलफल भएको हाे ।

दुई अध्यक्षबीचबीच एक्लाएक्लै (वान टु वान) छलफल जारी राख्दै स्थायी कमिटी बैठक सुचारु गर्ने सहमति भएको छ । 

अध्यक्षद्वयबीच आज भएको छलफलपछि भोलि (बुधबार) का लागि बोलाइएको स्थायी कमिटी बैठक बस्ने भएको छ । 

बालुवाटार स्रोतका अनुसार स्थायी कमिटी बैठकमा बाँकी विषयमा छलफल हुने छ ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा आन्तरिक कलह चुलिएको छ ।  

पार्टीभित्र विवाद चर्किएपछि स्थायी कमिटी बैठकसमेत प्रभावित भएको थियो । 

असार १० गतेदेखि बसेको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट ओलीको राजीनामा माग भएपछि फुटको संघारमा पुगेको नेकपा विवाद रोक्नको लागि प्रचण्डकै प्रस्तावमा (दुई अध्यक्षबीच) एक्ला–एक्लै वार्ता भएको हो । 

यो पनि