काठमाडाैं । बालुवाटारमा प्रधानमन्त्री र मन्त्रीबीच छलफल सुरु भएको छ ।
मन्त्रीहरुलाई बालुवाटार बोलाएर शीतल निवास गएका प्रधानमन्त्री बालुवाटार फर्किएसँगै छलफल सुरु भएको थियो।
पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेर मन्त्री र राज्यमन्त्रीसँग छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यद्यपि छलफलको विषय भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।