बैशाख २३, २०८१, आइतबार
               

स्थिर सरकारको माग गर्दै तनहुँमा प्रदर्शन

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  तनहुँको दमाैलीमा स्थिर सरकारको माग गर्दै प्रदर्शन भएको छ । 

अहिले सरकार परिवर्तन गर्ने समय नभएकाले वर्तमान सरकारलाई नै कार्यकाल पूरा गर्न दिनुपर्ने मागसहित युवाहरुले सो प्रदर्शन गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको समूह दमौली बजारका विभिन्न भागको परिक्रमा गर्दै मुख्यचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै युवाहरुले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने अहिलेको प्रमुख कार्यभार रहेकोमा जोड दिए ।

युवा कविराज श्रेष्ठले पार्टी एक हुनुपर्ने, सरकार ढाल्न नहुने र बाहिरी चलखेल बन्द हुनुपर्ने मागसहित नेताहरुलाई दबाब दिन प्रदर्शन गरिएको जानकारी दिए ।

युवा विद्यार्थी नवीन वाग्लेले भारतले मिचेको जमिन फिर्ता ल्याउने कामको अगुवाइ गर्नुहुने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको माग बेमौसमीको बाजा भएको बताए ।

पार्टी फुटाउने प्रयासलाई निस्तेज पारेरै छाड्ने बताउँदै वाग्लेले पार्टीलाई बलियो बनाउन युवाहरुको अभियान जारी रहने बताए । 


कस्तो लाग्यो ?

यो पनि