चैत १५, २०८०, बिहीबार
               

पार्टी अध्यक्षहरुबीच भएको छलफल सकारात्मक रहेको सहभागी नेताद्वयको भनाइ

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा अध्यक्षद्वयबीच भएको छलफल सकारात्मक भएको छलफलमा सहभागी नेकपा महासचिव विष्णु पौडेल र जनार्दन शर्माले बताएका छन् । 

उनीहरुले दुई अध्यक्षबीच भएको सो छलफलमा एकताको मर्मअनुरुप अघि बढ्ने समझदारीअनुरुप सहमति पनि भएको बताए । 

‘छलफल सौहार्दपूर्ण र खुलेर, भयो’, जनार्दन शर्माले भने, ‘पुनः अर्को चरण बसेर सबै विषयमा कुराकानी गर्ने सहमति भएको छ ।’

त्यसैगरी, छलफलपश्चात् नेकपा महासचिव विष्णु पौडेलले पनि दुवै अध्यक्षले खुलेर कुराकानी भएको बताए । 

‘उहाँहरूबीच आज निकै खुलस्त कुराकानी गर्नुभयो। दुबै अध्यक्षले आफूलाई लागेका कुराहरू राख्नुभयो,’ पौडेलले भने ।

नेकपाभित्रको पछिल्लो विवादले कतै यो पार्टी विघटन त हुने होइन भन्ने शंका उपशंका भइरहेका बेला भएको यस छलफलले नेपाली राजनीतिक तरंगलाई पुनः मोडिदिएको छ । 

आज भएको छलफलमा ओली प्रचण्डबाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा सहभागी थिए । 

नेकपा स्थायी कमिटीको जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी विरोध भइरहेका बेला ओलीले मन्त्रिपरिषद् बैठक राखी संसदको बर्खे अधिवेशन अन्त्य गरेसँगै घटनाले फरक मोड लिएको थियो ।   

सो कारणले जारी नेकपा स्थायी कमिटी बैठक विवाद समाधानकै लागि भन्दै शनिबारसम्मका लागि स्थगित गरिएको छ ।

दुई अध्यक्षबीच शनिबार बिहान पुनः  छलफल गर्ने सहमति भएको छ । 

त्यसैगरी नेकपाकाे स्थायी कमिटी बैठक पनि शनिबारै पुन: बस्ने गरी स्थगित भएको छ । 

यो पनि