जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्रीले आफ्नो पक्षमा प्रदर्शन गर्न निर्देशन दिएको खुलासा

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः आफूलाई हटाउन विदेशी शक्ति लागिपरेको बताएका छन् । 

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले युवा नेता तथाकार्यकर्ता र विद्यार्थीलाई बालुवाटारमै बोलाएर उनले यस्तो बताएका हुन् । 

‘प्रधानमन्त्री पदबाट मलाई स्वदेशीले होइन, विदेशीले हटाउन खोजेका छन्,’ युवा नेता तथा विद्यार्थीसँग उनले भने, ‘तर सक्दैनन् ।’

बालुवाटरमा पुगेका युवा तथा विद्यार्थीहरुलाई आफ्नो पक्षमा प्रदर्शन गर्न समेत निर्देशन दिएको सो भेलामा सहभागी एक विद्यार्थी नेताले बताए । 

‘पार्टी फुटको अवस्थामा पुगेकाले आफ्ना पक्षमा माहोल बनाउन प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी मैले पाएँ,’ सहभागी एक नेताले भने ।  

त्यसैगरी, अर्का नेता रन्जित तामाङले पार्टीभित्रको विवादलाई लिएर प्रधानमन्त्रीले आफ्ना कोटरीका मान्छेलाई बालुवाटारमा बोलाएर आफ्नो पक्षमा प्रदर्शन गर्न यसरी निर्देशन दिने खेदजनक भएको बताए । 

त्यसैगरी, युवासंघका अध्यक्ष रामप्रसाद सापकोटाले प्रधानमन्त्रीको समर्थनमा नओर्लिन आग्रह गरेका छन् । 

सापकोटाले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘हाम्रो पार्टीमा अहिले चलिरहेको छलफल, बहस, आलोचना र आत्मआलोचना पार्टीभित्र र बैठकमा चलिरहेको हो,’ उनले लेखेका छन्, ‘जीवन्त पार्टीमा विधि र विधानभित्र बसेर भइरहेको बहसलाई सडकमा ल्याउने र जिन्दावाद, मुर्दावादको विषय बनाउने विषय होइन ।’

त्यसैगरी, उनले सबै पार्टी नेताहरू समान छन् र हुनुपर्ने बताउँदै पार्टीगत छलफलको एजेण्डा सडक वा सामाजिक सञ्जालको रमिताले हल नगर्ने उल्लेख गरेका छन् । 

‘यसको समाधान कमिटी र प्रणालीमै खोज्नुपर्छ। यसर्थ विरोध या समर्थनमा सडकमा नजाऔँ,’ उनले लेखेका छन्, ‘आज तिमी जाँदा भोलि अर्को गयो भने के हुन्छ? समर्थक र विरोधी दुवै हुन्छन् भन्ने बुझौँ !’

यो पनि