जेठ ०५, २०८१, शनिबार
               

बालुवाटारमा दुई अध्यक्षबीच तीन घण्टा छलफल

नेपाल फ्ल्यास
असार १९, २०७७

फाइल फाेटाे
ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच तीनघण्टा छलफल भएको छ ।

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा तीनघण्टा छलफल भएको हो । 

छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेका थिए ।

साढे १२ बजेदेखि साढे २ बजेसम्म भएको छलफलमा कुनै ठोस निष्कर्ष भने निस्किएन ।

आजको छलफलमा निष्कर्ष ननिस्किएपछि भोलि (शनिबार) फेरि छलफल हुने बताइएको छ ।

दुई अध्यक्षबीच सौहाद्रपूर्ण छलफल भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार भोलि स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच पुनः छलफल हुनेछ ।

नेकपा स्थायी कमिटीको बैठक भोलि (शनिबार) बिहान ११ बजे बस्दैछ । 

पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेपछि बिहीबार स्थायी कमिटीको बैठक स्थगन गरेर दुई अध्यक्षबीच छलफल गर्ने निर्णय भएको थियो ।

प्रधानमन्त्री ओलीको राजीनामाको मागसहित सत्तारुढ नेकपामा जारी विवाद चर्किंदै गएको छ । 

पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली र सरकारको कार्यशैलीलाई लिएर चर्को आलोचना भएको थियो । 

प्रचण्ड–माधव नेपाल समूहका नेताहरुले ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिन आग्रह गरेका छन् । 

तर, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद नछाड्ने अडानमा छन् ।

यो पनि