जेठ ०४, २०८१, शुक्रबार
               

पार्टी एकतामा गम्भीर संकट पैदा भएको प्रवक्ता श्रेष्ठको भनाइ

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र गम्भीर परिस्थिति सिर्जना भएको बताएका छन् । 

मन्त्रिपरिषद् बैठकले बिहीबार बर्खे अभिवेशन आजैबाट अन्त्य भएको निर्णय गरेपछि पुन: बसेको नेकपा स्थायी कमिटी बैठकपछि उनले यस्तो बताएका हुन् । 

‘पार्टी एकतामा गम्भीर संकट देखा परेको छ,’ उनले भने, ‘संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरूले प्रयास  गर्नुहुनेछ, त्यसका लागि एक दिनको समय राखेर बैठक स्थगित गरिएको हो ।’

यसका अलवा बिहीबार बिहान दुई अध्यक्षबीच मन्त्रिपरिषद् बैठक आज नबस्ने सहमति भएको पनि उनले जानकारी दिए । 

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थायी कमिटी बैठक जारी रहेकै बेला मन्त्रिपरिषद् बैठक बोलाइ आजैबाट बर्षे अधिवेशन अन्त्य हुने निर्णय गरेका थिए । 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच भएको सहमतिविपरीत प्रधानमन्त्री हिँड्न खोजेको पनि बताए । 
‘पार्टी एकतामा गम्भीर संकट पैदा भएको छ,’ उनले भने । 

नेकपा स्थायी कमिटी बैठक अब शनिबार बिहान ११ बजे बस्नेछ ।


कस्तो लाग्यो ?

यो पनि