काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आज (बिहीबार) अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी गराएकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफरिसमा संघीय संसदको दुबै सदनको चालू अधिवेशन अन्त्य गरेको जानकारी दिएकी छिन् ।
यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारी भण्डारीसँग भेटवार्ता समेत गरेका थिए ।