जेठ ०५, २०८१, शनिबार
               

वडाध्यक्षमाथि कुटपिट गर्ने तीन जना पक्राउ

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

काठमाडौं । वडाध्यक्षमाथि संघातिक आक्रमण गरि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका– २ का वडाध्यक्ष फर्साराम डाँगीलाई आक्रमण गरेर कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उक्त घटनामा संलग्न भएका शान्तिनगर गाउँपालिका–  ४ घर भई तुलसीपुर ५ मासु मार्केटमा बस्ने २९ वर्षीय अर्जुन शाही, शान्तिनगर– २ का ५१ वर्षिय इन्द्र बहादुर वली र शान्तिनगर– ३ भलानेटीका ३८ वर्षीय रेशम बहादुर बिकलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका ती आरोपीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

वडाध्यक्ष डाँगीलाई गत मंगलवार विहान उनकै कार्यकक्षमा  बसी रहेको समयमा लाठी र रडले  प्रहार गरी टाउको लगायत शरिरका अन्य भागमा चोट लागेको प्रहरीको भनाइ छ ।  उक्त कुटपिटबाट गम्भीर घाइते भएका वडाध्यक्ष डाँगीको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि