मंसिर ०१, २०८१, शनिबार
               

राजदूत यान्छीले भनिन्, 'नेपाल–चीनबीचको कुनै सीमा विवाद छैन'

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीनबीचको कुनै सीमा विवाद नभएको स्पष्ट पारेकी छन् । उनले सन् १९६१ मा विवादरहित हिसावले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको स्पष्ट पारेकी हुन् ।

एक अन्तर्वार्तामा राजदूत यान्छीले नेपाली भूमि कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्दपूर्ण संवाद एवं आपसी सहमतिको आधारमा टुंग्याउने बताएकी छन् ।

साथै, चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सधैं सम्मान गर्ने स्पष्ट गराउँदै राजदूत यान्छीले भनेकी छन्, ‘नेपालले हालै प्रकाशित गरेको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा आफ्नो सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि जनमतको आधारमा चालेको कदम हो ।’ य

सका साथै, उनले नेपालले चीनको इसारामा यस्तो कदम चालेको विषय आधारहीन र स्वार्थ प्रेरित भएको तथा त्यसमा सत्यता नभएको  बताएकी छन् ।  
 


कस्तो लाग्यो ?

यो पनि