जेठ ०४, २०८१, शुक्रबार
               

ओलीलाई नेकपाबाहेक अरुले हटाउन नसक्ने भट्टराईको भनाइ

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टीबाहेक अरुले हटाउन नसक्ने बताएका छन् । 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सामा कालापानीलगायत क्षेत्र राखेकाले भारत आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको बताएसँगै त्यसको जवाफमा भट्टराईले ट्विटमार्फत यस्तो बताएका हुन् । 

सो ट्विटमा भट्टराईले यही अवस्थमा प्रधानमन्त्रीलाई हटाउने व्यवस्थामा संविधानमासमेत नभएको स्मरण गराउँदै उनलाई उनैको पार्टीबाहेक अरुले हटाउन नसक्ने उल्लेख गरेका छन् । 

’बहुमत प्राप्त प्रमलाई आफ्नै पार्टीलेबाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन,’ उनले गरेको ट्विटमा भनिएको छन् । 
यसका अलवा उनले प्रधानमन्त्रीको भनाइलाई लिएर व्यग्यसमेत गरेका छन् । 

सो ट्विटमा भनिएको छ, ‘अहिले हटाए नक्सा छापेको करणले हुने र भोलि सलहले दुःख दिएको बेला हुने  पछि बाढी पहिरो आएको बेला हुने  अलिपछि दशैं तिहारको बेला हुने  अनि जाडोको बेला हुने उचित बेला कहिले रहेछ हँ ।’ 

यो पनि