जेठ ०१, २०८१, मंगलबार
               

सम्झनामा मदन भण्डारी  (फोटो फिचर)

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडौं । जननेता मदन भण्डारीको आइतबार ६९ औँ जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । वि.सं. २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँधुमा उनी जन्मिएका थिए । आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोरा मोतीराज भण्डारीको रुपमा मदन भण्डारीको जन्म भएको थियो । ‘मदन भण्डारी व्यक्तिगत तथा गुटगत स्वार्थभन्दा माथि उठेका राष्ट्रको सुनौलो भविष्यका स्वप्न द्रष्टा थिए,’ धेरैले भन्ने गरेका छन् ।

मदन भण्डारीले आफ्नो जीवनकालमा दार्शनिक, सैद्धान्तिक, राजनीतिक र साहित्यिक क्षेत्रमा सघनरूपमा विचार प्रवाह गरेका छन् । लेखेर र बोलेर उनले विविध विषयमा व्यक्त गरेका  दृष्टिकोणहरू अहिले पनि चर्चा भइरहन्छ । पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा वि.संं २०५० ज्येष्ठ ३ गते दास ढुङ्गामा भएको गाडी दुर्घटनामा जीवराज आश्रितसँगै उनले पनि जीवन गुमाए । जुन घटना अझै पनि रहस्यमय छ ।

भौतिक शरीर हामीमाझ नरहे पनि मदन भण्डारीका विचारहरू प्रभावशाली उनका वैचारिक प्रस्तुतिहरू कालजयी छन् । सङ्गठित रूपमा प्रचार प्रसार हुँदै आएका छन् । लेख्य र कथ्य दुवै रूपमा उनले दिएका विचारहरू नेपाली समाजलाई लामो समयसम्म मार्गदर्शन गरिरहने विश्वास गर्न सकिन्छ । छोटो जीवनकालमा सिद्धान्तको प्रतिपादनदेखि धेरै चर्चा र प्रशंसा बटुल्न सफल उनै जननेता मदन भण्डारीका जीवनकालका केही तस्बिरहरू संकलन गरेका छौँ ।

तस्बिरमा जननेता मदन भण्डारी 

 


कस्तो लाग्यो ?

यो पनि