असोज ०६, २०८१, आइतबार
               

मन्त्रालयमा समस्याबाहेक अन्य कुरा सुन्नै नपाएको मन्त्री अर्यालको गुनासो

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडौं । संघीय संसद राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुनासो गरेकी छिन् । 

आफू मन्त्रालयमा आएदेखि नै भूमिको समस्याबाहेक अन्य विषयमा कुरा गर्न नपाएको भन्दै उनले गुनासो गरेकी हुन् । 

विगतमा भूमि क्षेत्र धेरै नै बिगारिएको बताउँदै उनले त्यसलाई सुधार्न आफू लागिपर्दा अन्य कुरा सुन्नै नपाएको बताइन् । 

‘सरकारी सार्वजनिक जग्गाको हाल त्यस्तै छ,’ उनले भनिन्, ‘मालपोत नापीसित जोडिएका कुरा त्यस्तै छन् । म त एकदम समस्यै समस्याको चाङमा बेथितिको भूमरीमा कति सुधार्न सकिन्छ, सुधार्ने कोसिसमा छु ।’

‘जतिखेर पनि समस्या बाहेक कुनै दिन हेर्ने हो भने आज त यसो गर्यौं नि भन्ने कुरै छैन,’ उनले भनिन्, ‘त्यस्ता खालका असजिलो नआउन अब । धेरै बिगारिसकेको, धेरै बेथिति आइसकेको ठाउँ रहेछ ।’


कस्तो लाग्यो ?

यो पनि