जेठ ०४, २०८१, शुक्रबार
               

बैठकमा केहीबेर बसेर बाहिरिए ओली, बताए यस्तो कारण

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकको तेस्रो दिन आज (शनिबार) प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । 

बैठकको दोस्रो दिन हिजो (शुक्रबार) को बैठकमा अनुपस्थित भएपछि ओलीको चर्को आलोचना भएको थियो । तेस्रो दिन (आज) को बैठकमा सुरुवातमा सहभागी भएका ओली झण्डै १ घन्टा बसेर बैठकबाट बाहिरिएका हुन् ।

अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक चलाउन आग्रह गर्दै बैठकबाट बाहिरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ओलीले आफू अन्य काममा व्यस्त रहनुपर्ने भएकाले पूरै समय बैठकमा बस्न नसकेको जानकारी स्थायी कमिटी बैठकलाई गराएका थिए ।

आजको बैठकको सुरुवातमा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सीमा समस्यामा केन्द्रित रहेर आफ्नो धारणा राखेका छन् । 

स्थायी कमिटी बैठकमा हिजोसम्म १८ जनाले सीमा समस्याका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

यो पनि