जेठ ०२, २०८१, बुधबार
               

योगेश भट्टराईले गरे प्रधानमन्त्रीको बचाउ

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) आयोजित नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी भएनन् । बैठकमा ओलीको अनुपस्थितिलाई लिएर विभिन्न आशंका तथा टिप्पणी हुन थालेका छन् ।

यसैबीच मन्त्री भट्टराईले ओलीको बचाउ गरेका हुन् । बैठकमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने  बताउँदै उनले ओलीको बचाउ गरेका हुन् । 

बालुवाटारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री भट्टराईले 'पार्लियामेन्टमा पनि सबै बेलामा प्रधानमन्त्री, मन्त्री जानुहुन्न, त्यहाँ बोलेका कुराहरूको जवाफ दिइने चलन रहेको' बताउँदै यसलाई पनि त्यही ढंगले बुझ्न आग्रह गरे । 

‘सबै छलफलहरूको बहस नोट लेखिन्छ । बहस नोटमा लेखिएका सबै कुराहरू दुवै अध्यक्षलाई रिपोटिङ हुन्छ',  भट्टराईले भने, ‘अन्तिममा अध्यक्षले जवाफ दिने क्रममा ती बहस नोटमा कुराहरूको जवाफ दिनुहुन्छ ।’

विगतमा ओलीको निकै आलोचकका रुमा परिचित भट्टराई मन्त्री हुनुभन्दा केही समय अघिदेखि ओलीसँग नजिकिएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली अनुपस्थित भएका थिए । 

ओलीको कार्यशैलीमाथि नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका बेला अध्यक्ष ओली आजको बैठकमा सहभागी नभएका हुन् । 

गत बुधबारको बैठकमा मन्तव्य राखेका अध्यक्ष ओली आजको बैठकमा अनुपस्थित भएका हुन् । 

बालुवाटारमा बसेको बैठकमा अनुपस्थित भएपछि उनलाई लिएर शंका तथा उपशंका उठ्न थालेका छन् । 

नेकपाकै कतिपय नेताले प्रधानमन्त्री ओली बैठकबाट भाग्न खोजेको आरोप लगाएका छन् । 

यो पनि