जेठ ०४, २०८१, शुक्रबार
               

बालुवाटारमा जारी बैठकमा आएनन् ओली

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली सहभागी भएका छैनन् । 

गत बुधबारको बैठकमा मन्तव्य राखेका अध्यक्ष ओली आजको बैठकमा अनुपस्थित भएका हुन् । ओलीको कार्यशैलीमाथि नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका बेला अध्यक्ष ओली आजको बैठकमा सहभागी भएका छैनन् ।

आजको बैठकमा भारतसँगको सीमा विवादको विषयमा नेताहरुले धारणा राखिरहेका छन् ।

परराष्ट्रमन्त्री समेत रहेको स्थायी कमिटि सदस्य प्रदीप ज्ञवालीले सीमा विवाद समाधानका लागि सरकारले गरेका प्रयासबारे बैठकलाई जानकारी गराएका छन् ।

उनले भारतसँगको सीमा विवाद समाधानका लागि सरकारले उच्चतम प्रयास जारी राखेको बताए । यस्तै उनले चीनसँग नेपालको कुनै किसिमको सीमा विवाद अहिले नरहेको बताए । 

यसैबीच आजको बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित सचिवालय तहका नेताहरूले बोल्ने कार्यसूची तय भएको छ ।

बैठकमा सचिवालय सदस्य वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेललगायतले बोल्ने कार्यसूची रहेको एक सदस्यले जानकारी दिए । 

यो पनि