काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैदिन तीन विधेयक प्रमाणीकरण गरेकी छिन् ।
बिहीबार उनले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, खेलकुद विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।
संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरणका लागि आएको उक्त विधेयक उनले प्रमाणीकरण गरेकी हुन् ।