बैशाख १५, २०८१, शनिबार
               

सहमतिमै चीनको सीमामा सीमास्तम्भ नराखिएका हुन् : परराष्ट्र मन्त्रालय

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

सीमा निधारण गर्ने क्रममा प्राकृतिक कारणले दुवै देशको सहमतिमा ३७ र ३८ नम्बरका सीमा स्तम्भ नराखिएको बताउँदै पराराष्ट्रमन्त्रालयले नेपाल–चीनबीच सीमासम्बन्धी कुनै विवाद नरहेको बताएको छ । 

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । 

परराष्ट्र मन्त्रालयले सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको, तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको परराष्ट्रले जारी विज्ञप्तमा उल्लेख छ ।

साथै, परराष्ट्र मन्त्रालयले कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने पनि उल्लेख गरेको छ । 

यसका अलवा परराष्ट्र मन्त्रालयले यसअघि हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको बताएको छ । 

परराष्ट्र मन्त्रालयले प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको बताएको छ । 

परराष्ट्र मन्त्रालयले नेपाल–चीनबीचको सीमासम्बन्धी सम्झौता सन् १९६१ अक्टोबर ५ मा निर्धारण भएको बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि