काठमाडौं : परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोबीच टेलिफोन वार्ता भएको छ। बुधबार दिउँसो मन्त्री ज्ञवालीले अमेरिकी सकमक्षी पोम्पियोसँग वार्ता गरेका परारष्ट्र मन्त्रालयले जनाएकाे छ ।
कुराकानीमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीको सन्दर्भमा दुई देशले भोगेका अनुभव साटासाट भएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुन नसक्दा यस विषयमा अमेरिकाले चाँसो बढाएकोले अमेरिकी विदेशमन्त्रीले नेपाली समकक्षीसँग कुराकानी गर्नुलाई महत्वका साथ हेरिएको छ।