जनता समाजवादी पार्टी (जसपा)ले राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित नागरिकता विधेयकविरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन गर्ने भएको छ ।
जसपा नेपालले बुधबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
अहिलेकै अवस्थामा सो विधेयक पारित भए महिला हिंसाले प्रोत्साहन पाउने सो विज्ञप्तिमा उल्लेख छ ।
सत्तारुढ दल नेकपाले शनिबार विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको सात वर्षपछि मात्र नागरिकता पाउनुर्छ भन्ने निर्णय गरेकै भोलिपल्ट सुशासन समितिबाट सोहीअनुरुप नागरिकता विधेयक पारित भएपछि त्यसैको विरोधमा जसपाले विरोध प्रदर्शन गर्ने जनाएको छ ।
त्यसैअनुरुप जसपाले असार १६ गतेका लागि विरोधका कार्यक्रम घोषणा गरेको छ ।