काठमाडौं । जनता समाज पार्टीले रौतहटमा प्रदर्शन गरेको छ ।
विदेशी बुहारीलाई सात वर्षपछि अंगीकृत नागरिकता दिने विधेयक खारेजीको माग गर्दै जसपाले मंगलबार रौतहटको गरुडामा सो प्रदर्शन गरेको हो ।
प्रदर्शनको नेतृत्व जिल्ला इन्चार्ज वृजकिशोर यादवले गरेका थिए ।
नेकपाको सरकारले षड्यन्त्रपूर्ण तरिकाले समितिबाट विधेयक पारित गरी भारतसँगको रोटीबेटीको सम्बन्ध तोडेकाले आन्दोलन गर्नुपरेको प्रदर्शनकारीको भनाइ छ ।