मंसिर ०७, २०८१, शुक्रबार
               

फोन ट्यापिङ गर्ने व्यवस्थाको भयानक दुरुपयोग हुन्छ : कांग्रेस

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

विशेष सेवा विधेयकमा फोन ट्यापिङ गर्ने प्रावधानको भयानक दुरुपयोग हुन सक्ने खतरा रहेको प्रमुख विपक्षी कांग्रेसले बताएको  छ ।

यस्तो कानुन अहिले पास गर्न नहुने उसको भनाइ छ । विधेयकका यस्ता प्रावधानले कोही पनि बच्नेवाला नभएको कांग्रेस सांसद गगन थापाले बताए । मंगलबार प्रतिनिधिसभामा उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘यसको मुख्य विषय भनेको दफा १० हो । यसमा व्यक्ति, संघसंस्था, सार्वजानिक सञ्चारमाध्यम वा श्रव्य दृश्यमार्फत निगरानी गर्न, इन्टरसेप्सन गर्न वा हामीले चलनचल्तीमा भन्ने गरेको टेलिफोनलाई रेकर्ड गर्न पाउने गरी व्यवस्था गरिएको छ ।

यसका निम्ति मुख्य अनुसन्धान निर्देशकसँग स्वीकृति लिएर गर्न पाउने भनेर जुन व्यवस्था गरिएको छ यसमा सच्याउँदै गर्दा पनि मुख्य अनुसन्धान निर्देशकले आफूले त्यस्तो सूचना संकलन गर्ने कुराको निर्णय गर्ने र आफ्नो घर्रामा राख्ने भनिएको छ । यसको चरम दुरुपयोग हुन्छ ।

यसको भयानक दुरुपयोग हुन्छ ।’ कांग्रेसका अधिकाश सांसदहरुले यसको विपक्षमा धारणा राखेका छन ।


कस्तो लाग्यो ?

यो पनि