मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना रहँदासम्म आइतबार पनि बिदा दिऊँ : सांसद प्रधान

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

 काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस (कोभिड-१९) को महामारी रहँदासम्म आइतबार पनि बिदा दिन माग गरेका छन् ।

प्रतिनिधिसभा संसद बैठकमा मंगलबार शून्य समयमा बोल्दै सांसद प्रधानले निजी सवारी साधनमा जोर बिजोर लागू गरेको भए पनि सडकमा जाम भइरहेको बताए ।

काठमाडौंमा मात्रै १५ लाख सवारी साधन रहेको भन्दै उनले भने, ‘अब कोरोनाको प्रभाव रहेसम्म शनिबार र आइतबार विदा दिने व्यवस्था गरौं ।’बरु यो अवधिमा विद्युतीय सवारी साधन चलाउन दिनुपर्ने सांसद प्रधानले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि