काठमाडौं । प्रदेश २ मा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ ।
नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषय राखेको भन्दै प्रदेश २ मा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सात वर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेपछि त्यसको भोलिपल्ट संसदको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा सहमति जुटाएपछि त्यसको असन्तुष्टिमा जनता समाजवादी पार्टी निकट महिला तथा युवाले सो कार्य गरेका हुन् ।
यसका अलवा उनीहरूले प्रधानमन्त्रीविरु सात वर्षपछि दिइने अंगीकृत नागरिकता विधेयक खारेज गर, नेपाल–भारतबीचको रोटी–बेटी सम्बन्ध अमर रहून्, प्रधानमन्त्री ओली मुर्दावादजस्ता नाराबाजी गरेका थिए ।